यस्तो छ सातै प्रदेश प्रमुख सिफारिस नामावली, कुन प्रदेशमा को ?


यस्तो छ सातै प्रदेश प्रमुख सिफारिस नामावली, कुन प्रदेशमा को ?

File Photo

काठमाडौं: सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशको प्रमुख नियुक्तिका लागि सिफारिस गरेको हो ।

जसअन्तर्गत प्रदेश १ को प्रमुखमा सोमनाथ प्यासी, प्रदेश–२ मा तिलक परियार, प्रदेश–३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश–५ मा धर्मनाथ यादव, कर्णाली प्रदेश प्रमुखमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला पाण्डेलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आईतबार पदमुक्त गरेकी थिइन् । सरकारले आईतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख नियुक्तिको तयारी गरे पनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति बन्न सकेको थिएन ।

सचिवालयमा प्रदेश प्रमुख टुंगो लगेपछि सोमबार नै मन्त्रिपरिषद् बैठक बसेर नियुक्तिको प्रक्रियाअघि बढाउने बताइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सिफारिस गरिएका नाममध्ये अमिक शेरचन मात्रै आफू जन्मिएको प्रदेशको प्रमुख बनेका छन् । शेरचन म्याग्दीमा जन्मेका हुन् । उनी गण्डकी प्रदेश प्रमुखमा सिफारिस भएका छन् । अन्य ६ जना भने गृह प्रदेशमा सिरफारिस भएनन् ।