पूर्व प्रधानमन्त्री प्रचण्ड नेपालगन्जमा


पूर्व प्रधानमन्त्री प्रचण्ड नेपालगन्जमा

नेपालगन्ज: पूर्व प्रधानमन्त्री एवंम नेपाल कम्युनिस्ट पार्टि (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाँके आईपुगेका छन् ।

श्री एयरलाइन्सको बिमानबाट बिहान १० बजे प्रचण्ड नेपालगन्ज स्थित राँझा विमानस्थल अवतरण गरेका हुन् ।

विमानस्थलमा पत्रकारहरूसँग बोल्दै अध्यक्ष प्रचण्डले संवैधानिक प्रावधान अनुसार नै प्रदेश प्रमुख नियुक्ति गरेको बताए । उनले देशभर नेकपाप्रति जनविश्वास बढेकाले आगामि उपनिर्वाचनमा नेकपाका उम्मेदवारहरू विजयी हुने दावि समेत गरे ।

अध्यक्ष प्रचण्डले बाँकेमा आज दिनभर ब्यस्त रहनेछन् । जिल्लामा हुने छुट्टा छुट्टै तीन वटा कार्यक्रममा प्रचण्डको सहभागिता रहने जनाइएकोछ ।
यतिखेर नेपालगन्ज उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा प्रचण्डको सहभागिता रहेको छ । उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको कार्यक्रम पश्चात प्रचण्ड नेकपा बाँकेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुने खबर छ ।

Kanti Aarogya Hospital Nepalgunj

नेकपा पार्टी कार्यालय पासाङ्गल्हामु मार्गमा हुने चियापान कार्यक्रममा सहभागिता जनाइसकेपछि प्रचण्ड आजनै कोहलपुर वडा नम्बर ६ कोे चुनावि सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले जानकारी दिए । सो अवधिमा प्रचण्डले आजै नेपालगन्जका उद्योगी, ब्यापारी तथा जिल्ला स्थित नेता कार्यकर्ताहरूसँग छलफल गर्ने कार्यक्रम रहेकोछ ।

यसैबीच राप्रपाका अध्यक्ष कमल थापा नेपालगन्ज आउने भएकाछन् । भोली बुधबार कोहलपुर वडा नम्बर ६ को चुनावी सभालाई सम्बोधन गर्न आउने भएका हुन् ।

कोहलपुर वडा नम्बर ६ को चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको वडा अध्यक्षका उम्मेदवार श्रीधर सुवेदीले सेतोखरीलाई बताए ।

उक्त कार्यक्रममा राप्रपाका सहमहामन्त्री एंवम नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणा लगायतको सहभागिता रहनेछ ।