अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउँन पहल गर्छु: अध्यक्ष दाहाल


अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउँन पहल गर्छु: अध्यक्ष दाहाल

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालगन्जले चाहेको अनुसार यहाँको विकास गर्न तयार रहेको बताएका छन् ।

अध्यक्ष दाहालले नेपालगन्ज र यस क्षेत्रको समग्र विकासका लागि अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउन छिटोभन्दा छिटो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

तर, यसका लागि बाँके, बर्दियाबासी पनि बुलन्द आवाज उठाउनुपर्नेमा उनको जोड थियो । चिनको सहयोगमा हिल्सादेखि नेपालगन्ज सडक कनेक्टिभिटी छिटै हुन्छ अध्यष दाहालले भने ‘अब नेपालगन्ज छिटै महानगर बन्नेछ । महानगर बनाउन मेयर धवलजीको योजनामा मेरो तर्फबाट पुरै सहयोग रहन्छ !’

अध्यक्ष दाहालले संवैधानिक प्रावधान अनुसार नै प्रदेश प्रमुख नियुक्ति गरिएको बताएका छन् । नेपालगन्ज विमानस्थलमा पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन ।

Kanti Aarogya Hospital Nepalgunj

उनले आगामी उपनिर्वाचनको लागि नेकपाका उम्मेदवारहरूको टुंगो लागिसकेको बताउदै देशभर नेकपाप्रति जनविश्वास बढेकाले नेकपाका उम्मेदवार विजयी हुने दाबी गरेका छन् । उनले प्रदेश पाँचको राजधानी सबैको पायक पर्ने ठाउँमा हुने बताए । तर, स्थान भने खुलाएनन् ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ’प्रचण्ड’ले नयाँ प्रदेश प्रमुखमा आफ्ना मान्छे नपरेपछि माधव नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेको खुलासा समेत गरेका छन् । ‘हामीले मापदण्ड अनुसार नै सन्तुलित हिसाबले सिफारिस गरेका छौं । तर, आफ्ना मान्छे नपरेपछि माधवजीले बिरोध गर्नुभो, नोट अफ डिसेन्ट लेख्नुभो’, उनले भने,‘उहाँले २/३ जना मान्छे सिफारिस गर्नुभएको थियो । तर ती मान्छे नछानिएपछि उहाँले बिरोध गर्नुभएको हो ।’

प्रदेश प्रमुखको नियुक्तिका लागि सिफारिस गर्न सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकमा नेता नेपालले संस्थापन पक्षले एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै नोट अफ डिसेन्ट लेखेका थिए ।

अध्यक्ष प्रचण्डले बाँकेमा दिनभर तीन कार्यक्रममा सहभागिता जनाएका छन् । नेकपा बाँकेले आयोजना गरेको चियापान, कोहलपुर वडानं ६ कोे चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम, नेपालगन्जका उद्योगी ब्यापारीहरूसँग छलफल गरेको नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले बताए ।
अध्यक्ष प्रचण्डसँगै पूर्वसभामुख तथा नेकपा प्रदेश पाँच अध्यक्ष ओनसरी घर्ती, पुर्वउप सभामुख पूर्णा कुमारी सुवेदी, उर्जा मन्त्री वर्षमान पुन अनन्त, नेकपा बाँके ईन्चार्ज दिनेश चन्द्र यादव, सहईन्चार्ज महेश्वर गहतराज लगायतको सहभागीता थियो ।