तरूणले बुधबार प्रशासन घेराउ गर्ने


तरूणले बुधबार प्रशासन घेराउ गर्ने

नेपालगन्ज : नेपाल तरुण दल बाँकेले बुधबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने भएको छ । नेपालगन्ज तरुण दल नगरसभापति सन्दिपजंग शाह लगायत अन्य तीन जना कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको बिरोधमा तरूण दलले बिरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

तरुण दल बाँकेले बुधबार ११ बजे देखि दुई घण्टा प्रशासन घेराउ गर्न लागेको तरूण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहले जानकारी दिए ।
काँग्रेस बाँके सभापति किरण कोइरालाको नेतृत्वमा मंगलबार बिहान शाह पक्राउको बिरोधमा जिल्ला प्रशासन कार्यालय बाँकेमा डेलिगेसन गएको उनले बताए ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायलाई भेटी उनीहरूले सन्दिप शाह निर्दोष भएकाले आवश्यक परेमा पोलिग्राफ परीक्षण समेत गर्नुपर्ने बताएका थिए ।

निमित्त प्रमुख जिल्ला अधिकारीले यी सबै कुरा प्रमुख जिल्ला अधिकारीलाई बताउने र निश्पक्ष रूपमा प्रहरीलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिने बताएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

कोहलपुर प्रहरीले यसअघि गनापुरबाट अमेरिकन पेस्तोलसहित तरूण दलका नेपालगन्ज नगर सभापति भनिने संन्दीपजंग शाहलगायत ६ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये दुईजनालाई तारेखमा रिहा गरिएको छ । चारजनालाई थप अनुसन्धानका लागि भन्दै अदालतबाट सात दिनको म्याद थप गरि थुनामा राखिएको कोहलपुर प्रहरी प्रमुख डिएसपी हेमबहादर शाही बताउँछन् ।