नेपालगन्ज सहित देशभर भारतको विरोध

‘सीमा सम्बन्धमा एकपक्षीय ढंगले गरिने निर्णय मान्य नहुने: सरकार


नेपालगन्ज सहित देशभर भारतको विरोध

नेपालगन्ज: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनले भारतले गरेको सीमा अतिक्रमणको विरोध गर्दै नेपालगन्जमा प्रदर्शन गरेकोछ ।

भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोध गर्दै सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु बाँकेले नेपालगन्जको विपी चोकमा बुधबार प्रदर्शन गरेको हो ।

गो ब्याक ईन्डिया, भारतीय विस्तारबाद मुर्दाबाद, कालापानी हाम्रै हो, हाम्रो भूमि फिर्ता गर जस्ता नारा लगाएका थिए ।

यस्तै भारतले सीमा अतिक्रमण गरेको विरोध जनाउदै काठमाण्डौंमा समेत प्रर्दशन गरिएकोछ । रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गबाट सुरु भएको विरोध ¥याली त्रिचन्द्र क्याम्पस घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

¥यालीमा सहभागी विद्यार्थीले ‘गो व्याक इन्डिया’, कालापानी हाम्रै हो’, ‘हाम्रो भूमि फिर्ता गर’ लगायतका नारा लगाएका थिए । कोणसभालाई अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सम्बोधन गरेका थिए । उनीहरुल भारतले सारेको नयाँ नक्सा सच्याउन चेतावनी समेत दिए ।

भारतले पटकपटक नेपालमाथि दादागिरी देखाउँदै आए पनि पछिल्लो पटक नेपाली भूमि नै आफ्नो नक्सामा राखेपछि त्यसको विरोधमा आन्दोलनमा उत्रिनु परेको अनेरास्ववियुका नेता विजय गौतमले बताए ।

यसैबीच सरकारले सीमा सम्बन्धमा एकपक्षीय ढंगले गरिने कुनै पनि निर्णय सरकारलाई मान्य नहुने प्रष्ट्याएको छ । भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई समेटिएको भन्दै व्यापक विरोध भइरहेका बेला परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर यस्तो बताएको हो ।

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुबै पक्षको आापसी सहमतिमा टुंग्याउनुपर्ने र एक पक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ,‘ विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्नेमा पनि सरकार स्पष्ट रहेको जिकिर गरेको छ । मन्त्रालयको विज्ञप्तिमा नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्तआयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरुको समाधानका लागि प्राविधिकहरुको सल्लाहमा दुबै देशका सचिवहरुले काम गर्ने गरी जिम्मेवारी दिइएको पनि जनाएको छ ।

भारतले हालै जारी गरेको राजनितिक नक्सामा नेपालको कालापानी क्षेत्रको भू–भाग आफ्नो सीमाभित्र पारेपछि यतिखेर भारतको चौतर्फी विरोध भइरहेकोछ । सामाजिक सञ्जालमा समेत गो ब्याक ईन्डिया, भारतीय विस्तारबाद मूर्दाबाद जस्ता ह्याचट्यागले भारतको ब्यापक विरोध भइरहेको ।