उपनिर्वाचनः उम्मेदवारी दर्ता नहुदैँ प्रचार


उपनिर्वाचनः उम्मेदवारी दर्ता नहुदैँ प्रचार

कोहलपुर : उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नआउँदै बाँकेको कोहलपुरमा चुनावी प्रचारप्रसार अभियान शुरू भएको छ ।

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन बिहीबार तोकिएको छ । तर, यसअघि नै दलहरूले चुनावी सभा शुरू गरेका छन् ।

नेकपाले मंगलबार कोहलपुरमा सभा गरेको छ । जहाँ पाटी अध्यक्ष पुस्पकमल दाहालले सम्बोधन गर्दै चुनावी प्रचार गरेका छन् । बुधबार राप्रपाका अध्यक्ष कमल थापाले पनि कोहलपुरमा भएको वडास्तरको उपनिर्वाचनका लागि आयोजित सभालाई सम्बोधन गरेका छन् ।

नेकपा र रापपासँगै अधिकांश दलले चुनावीसभा नभने पनि चुनाव केन्द्रित गतिविधि शुरू गरिसकेका छन् । नेपाली काँग्रेस लगायतका दलले आन्तरिक तयारीका रूपमा कोठे कार्यकर्ता भेटघाट तीब्र पारेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यद्यपि यस निर्वाचनमा पनि यहाँंका मुख्य दल नेकपा, नेपाली काँग्रेस र बीच नै कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । तर, राप्रपा पनि प्रतिस्पर्धी रूपमा अघि देखिएको छ । राप्रपाबाट पुर्वपत्रकार समेत रहेका युवा श्रीधर सुवेदी वडाअध्यक्षका प्रत्यासी बनेका छन् । सुवेदी उमेरमा सवैभन्दा कान्छा वडा अध्यक्षका उम्मेदवार समेत हुन् ।