रोकिएन लागुऔषध कारोबार: भारतीय नागरिकसहित तीन पक्राउ


रोकिएन लागुऔषध कारोबार: भारतीय नागरिकसहित तीन पक्राउ

नेपालगन्ज: नेपाल–भारत खुला सीमानाकाको तस्करले भरपूर फाइदा उठाउदै आएकाछन् । खुला सीमानाकामा प्रहरी प्रशासनले तदारुक्ता देखाउन नसक्दा लागुऔषध सहित विभिन्न अपराधका गतिवधिपनि बढ्दै गएकाछन् ।

जिल्लामा लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरोले समेत यसअघि सीमानाकामा कुकुरको सहारामा चेकजाँच गर्दा लागुऔषध कारोबारी तथा प्रयोगकर्ताहरु धमाधम पक्रिएको थियो । तर, ब्यूरो र जिल्ला प्रहरीको उदासिनताले पुनः बाँकेमा लागुऔषधको कारोबार मौलाउदै गएकोछ ।

जिल्लामा लागुऔषधको कारोबार तथा प्रयोगकर्तामा कमि भने आउन नसकेको तथ्य पुनः उजागार भएकोछ । बाँके प्रहरीले भारतीय नागरिकसहित तीनजनालाई प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित बिहीबार नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले सुराकीको आधारमा बिहीबार साँझ करिव पौने ८ बजेतिर नेपालगन्ज–९, बिद्युतरोड नजिकैबाट २० ग्राम (प्याकिङ्ग प्लास्टिक सहित) नेपालगन्ज–९ का राजु खटिक भन्ने नरेश खटिलाई नियन्त्रणमा लियो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरीका अनुसार खटिकका साथमा रहेका भारतीय नागरिक बहराईचका २४ वर्षीय रोहन अन्सारी फरार रहेपनि उनलाई जमुनाहबाट प्रहरी नियन्त्रणमा लिन सफल भयो ।

प्रहरीका अनुसार अन्सारीले भारतबाट ब्राउन सुगर लिएर आउने र खटिकको मद्दतले नेपालगन्ज र आसपासमा कारोबार गर्ने गरेको प्रारम्भिक अनुसंन्धानले देखाएको लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक बीरबहादुर थापाले बताए । उनका अनुसार पक्राउ परेका खटिक रिक्सा चालक हुन् ।

यस्तै बाँके प्रहरीले बाँकेको बैजनाथ गाँउपालिका वडा नम्बर–१, चिसापानीबाट ५ ग्राम ६ सय १० मिलिग्राम ब्राउन सुगरसहित बिहीबार दिउँसो एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४, गणेशपुरका का १८ वर्षीय समीर अन्सारीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार प्रक्राउ परेका तीनै जना लागुऔषध कारोवारी भएको बताएकोछ ।