बर्दिया: जिल्ला प्रहरी कार्यालय बर्दियाले प्रतिबन्धित लागुऔषध सहित चारजनालाई पक्राउ गरेकोछ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बर्दियामा चारजनालाई पक्राउ गरि हिरासतमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरेको हो । बर्दिया गुलरिया नगरपालिका वडा नम्बर–५, का २७ बर्षीय रोजन पुरी, मधुवन–२, का दिनेश नेपाली, मधुवन–६, का २२ वर्षीय सन्तोष थापा र १९ वर्षीय खगेन्द्र शाहीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका रोजन पुरी र दिनेश नेपालीको साथबाट ५ पुडिया ब्राउन सुगर बरामद गरिएको छ, भने थापा र शाहीको साथबाट १० पुडिया ब्राउन सुगर बरामद गरिएको हो ।
लागु औषध सहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्याल बर्दियाको हिरासत राखेर अनुसन्धान थालिएकोछ । पक्राउ पर्नेहरु लागुऔषध प्रयोगकर्ता हुन वा कारोबारी अनुसन्धानबाट खुल्ने बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताउँछन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?