बाँके प्रहरीलाई सांसद राठौरको चेतावनी


बाँके प्रहरीलाई सांसद राठौरको चेतावनी

नेपालगन्ज: बाँके प्रहरीलाई सांसद किशोरसिंह राठौरले चेतावनी दिएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका संघीय सांसद किशोरसिंह राठौरले बाँके प्रहरीलाई ठूला पाखुरा देख्ने बित्तिकै गुण्डै हो भन्ने सोचाँई त्याग्न चेतावनी दिएका हुन् ।

तरुणदल बाँकेले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद राठौरले भने ‘ठूला हात पाखुरा हुने वित्तिकै गुण्डाको उपमा दिदै बाँके प्रहरीले तरुण कार्यकर्तामाथि ज्यादती गरेको छ । त्यसको प्रतिउत्तर हामी सशक्त आन्दोलनबाट दिनेछौ ।’

उनले बाँके प्रहरीले नेकपाको निर्देशनमा आफ्ना कार्यकर्तालाई जानी जानी अनाहकमा फसाएको दाबी गर्दै भने–सत्तारुढ दलको ज्यादतीका बिरुद्ध सोमबारदेखि तरुणदलको सशक्त आन्दोलन सुरु हुनेछ ।

हतियारकाण्डमा तरुणदल नगर सभापति सन्दीपजंग शाह पक्राउ घटनाको विरोध गर्दै उनले –‘यो घटना शाहसंग मात्र जोडिएको नभई समग्र काँग्रेस पार्टी माथि राज्य सत्ताले गरेको उपेक्षाको बिरुद्धको आन्दोलन भएको स्पष्ट पारे ।’

Kanti Aarogya Hospital Nepalgunj

नेपाल तरुण दलले राज्यसत्ताको ज्यादतीबिरुद्ध नेपालगन्जबाट आन्दोलन चर्काउने पत्रकार सम्मेलनमा सो बताइएको हो । अबैध हतियार सहित पक्राउ परेका शाहको घटनाका विषयमा बाँके तरुणदलले सन्दीपलाई फसाएको भन्दै बिभिन्न बिरोध गर्दै आएको छ ।

यस्तै नेपाल तरुणदलका केन्द्रिय सभापति जीतजंग बस्नेतले नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईराला माथि हातपातको घटनादेखि नै प्रहरीले असहयोग गरिरहेको दाबी गरे ।

पत्रकार सम्मेलनमा बोल्दै सभापति बस्नेतले बाँके प्रहरी नेपाल कम्यूनिष्ट पार्टीको भातृसंगठनको रुपमा कार्य गर्दै आएको आरोप लगाए ।

काँग्रेस माथि भैरहेको ज्याद्तीको बिरोधमा आन्दोलन गर्नुको बिकल्प नरहेको बताउदै सभापति बस्नेतले आगामी सोमबारदेखि हुने आन्दोलनलाई सघाउन आफू नेपालगन्ज आएको बताए ।