नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाँउपालिका–७, फत्तेपुरमा दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएकोछ । फत्तेपुरको राधाकृष्ण मन्दिर नजिक ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
गयराती दुई बजे ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २४ वर्षका सुमनकुमार थारु र १५ वर्षका सञ्जीव धम्लहवाको मृत्यु भएको बाँके प्रहरीले बताएकोछ । मृतक दुवैजना दाजुभाइका छोरा रहेको प्रहरीले जनाएको छ ।
राप्ती सोनारी गाउँपालिका–७, फत्तेपुरस्थित राधाकृष्ण मन्दिर चोक नजिकै भे १ त २९०१ नम्बरको ट्रयाक्टर र म २ प ७०३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।
ईलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार दुर्घटना लगत्तै घाइतेलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा ल्याउँदै गर्दा दुवै जनाको मृत्यु भएको थियो । घटना लगत्तै ट्रयाक्टरका चालक फरार छन् ।