नेपालगन्ज : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज स्थानीय तहमा दलहरुले उम्मेदवारको मनोनयन दर्ता गर्दैछन् । निर्वाचन कार्यालय यसअघि जारी गरेको कार्यतालिका अनुसार उनीहरुले उम्मेदवारी मनोनयन दर्ता गर्न लागेका हुन् ।
आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय तोकिएकोछ । कोहलपुर नगरपालिका वडा नम्बर–६, का वडा अध्यक्ष रामसोहन थारुको २०७५ मंसिर ९ गते निधन भएपछि रिक्त रहेको पदका लागि उप निर्वाचन हुदैछ ।
उपनिवौचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामसरण थारु, नेपाली काँग्रेसबाट श्रीकृष्ण थारु र राप्रपाबाट श्रीधर सुवेदी उम्मेदवार बनेकाछन् ।
उपनिर्वाचन हुने कोहलपुर नगरपालिका वडा नम्बर ६ का लागि विशेषगरि नेकपा, काँग्रेस र राप्रपाबीच कडा प्रतिस्प्रर्धा हुने देखिएकोछ । त्रिपक्षिय भिडन्त देखिएको उपनिर्वाचनमा होमिएका तीनैजना उम्मेदवारहरु आ–आफ्ना ठोकुवा गर्दै आएकाछन् । उनीहरुले मतदाताको मन जित्न र भोटरलाई आफ्नो पक्षमा पार्न कसरत समेत गरिरहेकाछन् ।
उपनिर्वाचनका लागि अन्य दलहरुले आफ्ना उम्मेदवार सार्वजनिक नगरेपनि आज उम्मेदवारी मनोनयन गर्ने बुझिएकोछ ।