नेपालगन्ज: हतियार सहित पक्राउ परेका संदीप जंग शाह छुटाउन माग गर्दै आन्दोलित नेपाल तरुण दल बाँकेले बन्द आह्वान गरेकोछ ।
नेपाल तरुण दल बाँकेले एक प्रेस विज्ञप्ती जारी गर्दै बाँके बन्दको घोषणा गरेको हो ।
तरुण दल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाहद्वारा जारी विज्ञप्तीमा कात्र्तिक २९ गते बाँके बन्दको घोषणा गरिएकोछ । बाँके जिल्लामा नेपाल तरुण दल तथा नेपाली काँग्रेसका कार्यकर्तामाथि प्रहरी प्रशासनको ज्यादती तथा राज्य आतंक विरुद्ध बाँके बन्द आह्वान गरिएको शाहद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।
बिज्ञप्तीमा भनिएको कार्तिक २९ गते विहान देखि बेलुका ५ बजेसम्म बाँके बन्द गरिनेछ । बन्दको समयमा एमबुलेन्स लगायत अति आवश्यक सवारी साधनलाई रोक नलागाउने तरुण दलले जनाएकोछ । बन्दका दिन स्कुल, कलकारखाना, गाडी, ईरिक्सा लगायत पसलहरु सबै बन्द गरिने शाहले बताएका छन् ।
केही समय अघि बाँकेको गनापुरबाट हतियारसहित पक्राउ परेक तरुण दल नेपलागन्ज नगर सभापति संदीपजंग शाहलाई प्रहरी प्रशासनले जानाजान फसाएको तरुणदलको आरोपछ ।