नेपालगन्ज:जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध नालकटवा पेस्तोल सहित पक्राउ परेका अटो चालक मेराज अली सैयदमाथि अनुसन्धन सुरु गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, गणेशपुर चोकबाट अटोचालक सैयदलाई अबैध नालकटवा पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहको कमाण्डमा खटेको प्रहरी टोलीले बुधबार बिहान १० बजे गणेशपुर चोकबाट भे १ स ८३२६ नम्बरको अटोरिक्साको डिग्गीमा कालो प्लास्टीकको झोलामा लुकाई राखेको अवस्थामा सो पेस्तोल बरामद गरेको हो ।
बाँके डुडुवा गाँउपालिका वडा नम्बर–४, उचेमसाहाका मेराज र उनीबाट बरामत पेस्तोल र अटो लाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।