नेपालगन्ज: बाँके प्रहरी प्रशासन विरुद्ध उत्रिएको नेपाल तरुण दल आक्रामक बन्दै गएकोछ ।
आफ्ना कार्यकर्तामाथी प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै यसअघि शान्तिपूर्ण विरोध गर्दै आएको तरुण दल बाँके झन् कडारुपमा उत्रिएकोछ ।
नेपाली काँग्रेस पार्टी कार्यालय बाँकेबाट तरुण दलले बाँके प्रहरीको विरोध गर्दै राँके जुलुस निकालेछ । बाँके बन्दको पूर्वसन्ध्यामा तरुणदलले राँके जुलुस निकालेको हो ।
नेपाल तरुण दल बाँकेले बाँके प्रहरी विरुद्ध कार्तिक २९ गते शुक्रबार बाँके बन्द आह्वान गरेकोछ । बुधबार तरुण दल बाँके सभापति विरेन्द्र शाहद्वारा जारी विज्ञप्तीमा कार्तिक २९ गते शुक्रबार बाँके बन्द उल्लेखछ ।
बन्द सफल बनाउन बिहिबार बेलुका राँके जुलुश निकालिएको तरुण दलले जनाएको छ ।
यता, तरुण दलले बाँके बन्दको पूर्व सन्ध्यामा राँके जुलुस निकालिएन भएपछि नगरको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । नेपाल प्रहरीका अलावा सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मी नगरमा परिचालन गरिएको थियो ।
नेपाल तरुण दल बाँकेले बन्दको समयमा एम्बुलेन्स लगायत अत्यावसक बाहेकका अन्य सवारी साधन चल्न नदिने बताएकोछ । आक्रामक बन्दै आएको तरुण दलले बाँके बन्दकाबेला विद्यालय, कलेज, कलकारखाना, पसल व्यवसाय, गाडी, ईरिक्सा लगायत सबै बन्द गरिने जनाएकोछ ।