तरुण नेता पक्राउ प्रकरणः निर्दोषलाई तत्काल रिहाईको माग

बन्दले जनजिवन प्रभावित, तरुणद्वारा दर्जनौं गाडीमा कब्जा


तरुण नेता पक्राउ प्रकरणः निर्दोषलाई तत्काल रिहाईको माग

नेपालगन्ज: अवैध हतियारसहित पक्राउ परेका नेपालगन्ज नगर सभापतिको रिहाइको माग गर्दै आन्दोलित नेपाल तरुण दल आक्रामक बन्दै गएकोछ । शान्तिपूर्ण आन्दोलन गरिरहेको नेपाल तरुण दल बाँके आक्रामकरुपमा प्रस्तुत भएको हो ।

आफ्ना कार्यकर्तामाथी प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै नेपाल तरुण दल बाँकेले गरेको बाँके बन्दले जनजिवन प्रभावित बनेकोछ ।
विहानैदेखि कुनैपनि सवारी साधन जिल्लाबाट बाहिरिन र भित्रिन पाएका छैनन् । बन्दका कारण बिहानैदेखि बाँकेको कोहलपुर, नेपालगन्ज, खजुरा, कुसुम लगायतको क्षेत्रमा नेपाल तरुणदल आबद्ध कार्यकर्ताले अबरोध पु¥याएकाछन् ।

महेन्द्र राजमार्ग पूर्णरुपमले बन्द गरिएकोछ । बन्दले सयौं सवारीसाधन बीचबाटोमै रोकिएकाछ । यसअघि शान्तिपूर्ण विरोध गर्दै आएको तरुण दल बाँके झन् कडारुपमा उत्रिएपछि बन्दको प्रभाव अझै कायम रहेकोछ । तरुणदल कार्यकर्ताले सडकमा टायर बालि सवारी साधन लगायतमा अबरोध पु¥याउनुका साथै विद्यालय, कलेज, बजार, कलकारखाना सवै बन्द भएको बुझिएकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बन्दलाई मध्यनजर राख्दै जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । ठूलो संख्यामा नेपाल
प्रहरीका अलावा सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मी जिल्लामा परिचालित छन् ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले तरुणदलको अवरोधका कारण राजमार्गमा पूर्णरुपमा बन्द भएपनि केही भागका बजार खुल्ला रहेको जनाएकाछन् ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सिंहले बन्द नगर्न बन्दकर्ताहरुलाई अनुरोध गरेको बताएकाछन् । उनले भने –‘हामीले बन्द नगर्न आह्वान गरेका छौं, उहाँहरुले मान्नुभएन ।’ अहिलेसम्म बन्द शान्तिपूर्ण नै भएको छ, कुनैपनि अप्रिय घटना घटन नदिने बाँके प्रहरी गम्भीर रहेको बताउँदै प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सिंहले भने–‘जिल्लाका शान्ति सुरक्षामा हामी गम्भीर छौं, बन्द खुलाउने पक्षमा हाम्रो प्रयास जारी छ । सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै प्रहरीले बल समेत प्रयोग गर्न सक्छ ।’

यता तरुण दलको बाँके बन्दको सवैभन्दा बढि प्रभाव नेपालगन्ज र कोहलपुरमा परेकोछ । बन्दकर्ताले सवारीसाधनमा अवरोध गर्दै सयौंको संख्यामा मोटरसाईकल, स्कुटर, अटो, ई–रिक्सा, जिप, कार लगायत सवारी साधनका साँचो(चापी) थुतेर लिएकाछन् । ती सवारी साधनलाई बेलुका ५ बजे पछि मात्र गुड्न दिने नेपाल तरुण दल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाहले बताए ।

उनले भने पूर्व निर्धारित हाम्रो बन्दको कार्यक्रम थहा हुदाँहुदै अटेरी गरि आएकालाई नियन्त्रणमा लिएकाछौं । बन्द खुला भएपछि मात्र साचो फिर्ता गर्छौं ।

उनले भने– ‘बन्द गरेर जनतालाई दुखदिने हाम्रो चाहाना होइन, यो दवाव हो विरोध हो कम्युनिष्ट सरकारको । बाँके प्रहरी प्रशासनका विरुद्धको बन्द हो ।’

तरुणदल सभापति शाहले भने– ‘हाम्रो आन्दोलन जारी छ । हाम्रा नेता कार्यकर्तालाई रिहा नगरेसम्म हामी चुप लागेर बस्नेछैनौं । देशभर आन्दोलन चर्काउनेछौं ।’

बाँके प्रहरी प्रशासनलाई चेतावनी समेत दिदैं उनले भने झुटा आरोप लगाएर नियोजित ढंगबाट काँग्रेसमाथिको प्रहार बन्द गरिनुपर्छ नत्र यसको परिणाम जे सुकै हुनसक्छ ।’

बाँके प्रहरीले तरुण दलका नेपालगन्ज नगर सभापति सन्दीपजङ्ग शाहलाई गत कात्तिक १४ गते साँझ बाँकेको गनापुरमा रहेको नमस्ते रिसोर्टबाट अवैध अमेरिकन पेस्तोल र २ थान गोलीसहित पक्राउ गरेको थियो । उनीसगैं राघव शाह, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापामगरलाई पनि हिरासतमा राखिएकोछ ।

कोहलपुरका डिएसपी हेमबहादुर शाही नेतृत्वको टोलीले दसैँको बेला डिएसपी शाहीले खसी मागेको तर, आफूहरुले नदिएको रिसको झोकमा शाहलाई फसाएको तरुण दल बाँकेले बताउदै आएकोछ ।

खसी मागेको अडियोसमेत सार्वजनिक भएपछि डिएसपी शाही विवादमा तानिएका थिए । उनीमाथि प्रहरी प्रधान कार्यालय र प्रदेश ५ प्रहरीले छुट्टा–छुट्टै समिति बनाएर छानबिन गरिरहेको छ ।

आफ्ना कार्यकर्तामाथी प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै तरुण दल बाँकेले बन्दको पूर्वसन्ध्यामा हिजो विहीबार नेपाली काँग्रेस पार्टी कार्यालय बाँकेबाट प्रहरीको विरोध गर्दै राँके जुलुस निकाले थियो ।

बाँके बन्दको समयमा तरुणले एम्बुलेन्स लगायत अत्यावसक बाहेकका अन्य सवारी साधन चल्न दिएन । भने बाँके विद्यालय, कलेज, कलकारखाना, पसल व्यवसाय, सवारीसाधन सवै बन्दछ ।