कोहलपुर: कोहलपुर नगरपालिका वडा नम्बर–११, लोकनगरबाट ३ किलो ७ सय ३० ग्राम प्रतिबन्धित पाँच ओले जडीबुटीसहित तीन जना पक्राउ परेकाछन् ।
पाँच नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान ब्युरो दाङ र ईलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले प्रतिबन्धित पाँच ओले जडीबुटीसहित उनीहरुलाई पक्रेको हो ।
कालीकोट पचाल झरना गाउँपालिका–५, का ४६ वर्षीय अग्र बम, जुम्लाको हिम गाउँपालिका वडा नम्बर–६, बस्ने ३६ वर्षीया हेम अधिकारी र कोहलपुर नगरपालिका वडा नम्बर–११, बस्ने ५४ वर्षीय विश्वबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश प्रहरी ब्यूरो दाङ र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटि गएको टोलीले शनिवार दिउँसो खानतलासी गर्दा उनीहरुको साथबाट उक्त परीमाणको प्रतिबन्धित जडीबुटी बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रहरी नयाब उपरीक्षक हेमबहादुर शाहीले बताए ।
पक्राउ परेकाहरु भरिया हुन वा प्रतिबन्धित जडीबुटी कारोबारीहुन अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक शाही बताँछन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?