मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा नेकपाका शीर्ष नेता


मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा नेकपाका शीर्ष नेता

काठमाडौँ:मन्त्रिमण्डल पुनर्गठन अघि नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डल हेरफेर गर्न सैद्धान्तिक अनुमति दिएको थियो । त्यसपछि नेताहरुबीच सम्बाद र भेटवार्ता बाक्लिएको छ । त्यसका लागि नेकपाका नेताहरुको बिहानैबाट दौडधूप चलेको छ ।

प्रधानमन्त्री ओलीले चौमासिक कार्यसम्पादन मूल्यांकनमा सन्तोषजनक परफमेन्स नदेखाएका मन्त्रीहरूलाई र्फेने अध्यक्ष प्रचण्डसँग यसअघि नै छलफल गरिसकेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने ओली–प्रचण्ड भेटमा बहिर्गमनमा पर्न लागेका र थपिने मन्त्रीका बारेमा टुंगो लगाउने बुझिएको छ । त्यसअघि प्रधानमन्त्री केपी ओलीले सोमबार बिहान मन्त्रिमण्डल हेरफेरबारे आफू निकटस्थहरुसँग छलफल गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापामगर, कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालको पछिल्लो कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नपाएको ओलीको मूल्याङकन छ ।

केही मन्त्री बाहिरिने चर्चासँगै नयाँ मन्त्रीका रुपमा थपिनेहरुको चर्चा चुलिएको छ । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवार, गणेश ठगुन्नाको नाम चर्चामा आएको छ । त्यसैगरी जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, हरिराज अधिकारी, प्रभु शाहलगायतको नाम पनि नयाँ मन्त्री बन्नेको सूचीमा चर्चामा आएका छन् ।