हतियार सहित पक्राउ परेका तरुण दल सभापती शाह कारागार चलान


हतियार सहित पक्राउ परेका तरुण दल सभापती शाह कारागार चलान

नेपालगन्जः हतियारसहित पक्राउ परेका नेपाल तरुण दल नेपालगन्ज नगरसभापति संदिपजंग शाह कारागार चलान भएकाछन् । नेपाल तरुण दल नेपालगन्ज उपमहानगरपालिकाका नगर सभापति संदीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चालन भएका हुन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले हतियारसहित पक्राउ गरेको नगरसभापति शाहसहितलाई हात हतियार खरखजाना मुद्दामा पाँच वर्ष जेल सजाय मागसहितको शुक्रबार मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालत बाँकले सोमबार शाहबिरुद्ध दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकिएपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । भने शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न दालतले आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिहंका अनुसार हतियार सहित पक्राउ परेका शाह पुर्पक्षका लागि कारागार चलान भएका हुन् । उनीसगैं पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढा पनि कारागार चलान भएकाछन् ।’

Kanti Aarogya Hospital Nepalgunj

बाँके प्रहरी प्रवक्ता सिंहका अनुसार–‘सोमबार भएको अदालती कारबाहीमा शाहलाई पुर्पक्षका लागि कारागार चलान गरिएकोछ । उनीसंगै पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढालाई जनही १ लाख ५० हजार धरौटी माग गरिएकोले तत्काल बुझाउन नसक्दा कारागार चलान भएका हुन् ।’

शाहसंगै पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढाले जनही १ लाख ५० हजार बुझाए धरौटीमा छुट्ने बाँके प्रहरी प्रवक्ता सिंहले बताए ।

गत कार्तिक १४ गते राती साढे ८ बजे बाँकेको जानकी गाउँपालिका–६, स्थित गनापुरमा रहेको नमस्ते रिसोर्टबाट मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल र गोलीसहित उनीहरु पक्राउ परेका थिए ।

हतियार सहित पक्राउ परेका नेपालगन्ज नगर सभापति शाह सहितको रिहाइको माग गर्दै नेपाल तरुण दल आन्दोलोनमा उत्रिएको थियो । शान्तिपूर्ण आन्दोलन गरिरहेको नेपाल तरुण दल बाँकेले पछिल्लो समय आक्रामकरुपमा प्रस्तुत हुदैँ बाँके प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै बाँके बन्द समेत ग¥यो ।

हतियारसहित पक्राउ परेका नगरसभापति शाह सहितकोलाई सोमबार अदालतले गरेको आदेशप्रति नेपाल तरुण दल बाँकेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ ।

नेपाल तरुण दल बाँकेका सभापती विरेन्द्र बहादुर शाहले आफ्ना नेता कार्यकर्तामाथि प्रहरी प्रशासनले नियोजितरुपमा प्रहार गरेको छ । उनले भने प्रहरी प्रशासनको कार्यप्रति हाम्रो शंका छ । भोली(मङ्गलबार) नेपाली काँग्रेस बाँकेले बैठकबाट आगामी रणनिति तय गर्नेछ ।