नेपालगन्ज: निर्वाचन नजिकिँदै जाँदा काँग्रेस निकट तरुण दलका कोहलपुर नगर सदस्य होमराज ओलीले पार्टी नै परित्याग गरेका छन् । उनी नेपाली काँग्रेस परित्याग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनले विज्ञप्ती नै निकालेर पार्टी परित्याग गरेको जनाएका छन् ।
हलपुरका तरुण दलमा आवद्ध युवाहरुले मतदानमा राप्रपालाई सघाउने आन्तरिक सहमति गरेको पनि उनले खुलासा गरेका छन् ।
तरुण दलका कोहलपुर नगर सदस्य ओलीले विज्ञप्तीमा पार्टीको सिद्धान्तमा रहेर निष्ठा र ईमान्दारितापूर्वक काम गर्दै आइरहेकोमा नेपाली काँग्रेस ६ नम्बर सम्पर्क कार्यालयमा काँग्रेसकै नेतृत्वले युवाहरुको व्यवक्तिगत आचरणमा ठेस पु¥याउने कार्य गर्नुका साथै आत्म सम्मान खलल पु¥याएको जनाइएको छ । ‘कोहलपुरमा काँग्रेस नेतृत्वकै कारण धेरै युवाहरुले पार्टी छोड्नु भएको छ,’ ओलीले भने ।
आफूले लिखितरुपमा विज्ञप्ती नै निकालेर राजिनामा दिएको बताउँदै ओलीले भने, ‘लिखित राजिनामा मैले मात्रै दिएको छु, अरु साथीहरुले मतदानमा राप्रपालाई सघाउनुहुन्छ ।’ उनले उपनिर्वाचनमा राप्रपाको जीत सुनिश्चित रहेको भन्दै युवाहरुलाई यथास्थितिमै रुमल्लिएको काँग्रेस छाडेर राप्रपामा आउनसमेत आग्रह गरेका छन् ।
कोहलपुर नगरपालिका–६, मा मंसिर १४ गते हुने उपनिर्वाचनमा राजनीतिक दलहरुले चुनावी अभियानलाई तीव्रता दिइरहेका बेला काँग्रेसभित्रको अन्तरकलह बाहिरको हो । पार्टीभित्र युवाहरुलाई निषेध गरेर अघि बढ्न खोजेपछि काँग्रेसप्रति वितृष्णा समेत पैदा भएको बताइएको छ ।
उपनिर्वाचन नजिकिँएसँगै कोहलपुर–६ मा काँग्रेसभित्र अनेक खालका चर्चाहरु सुरु भएका छन् । उम्मेद्वारी दर्ताका समयमा भएको चर्चा अनुसार कोहलपुर काँग्रेसको एउटा समुहले आन्तरिकरुपमा राप्रपालाई सघाउने तयारी गरिरहेको काँग्रेस निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार कोहलपुर काँग्रेसको ठूलो हिस्सा राप्रपालाई सघाउने आन्तरिक तयारी छ ।