अस्पतालले सुई लगाएर बालिकालाई बेहोस बनायो: प्रिन्सिपल काफ्ले

हामीले मार्न विद्यालय पठाएका हैनौं: अभिभावक


अस्पतालले सुई लगाएर बालिकालाई बेहोस बनायो: प्रिन्सिपल काफ्ले

नेपालगन्ज: ब्रिटिस ईङ्गलिस बोर्डीङ्ग स्कुलका प्रिन्सिपल हेमन्तराज काफ्लेले ४ वर्षीया बालिका सफलता बजगाई स्कुलमा बेहोस नभई अस्पतालले सुई लगाएर बेहोस बनाएको आरोप लगाएका छन् । सेतोखरीको अनलाईनको टेलिफोन नम्बरमा फोन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

बालिका बजगाई शौचालय गएको बेला उनी अर्धचेत भएकी थिइन्, शिक्षक विद्यार्थीको सहयोगमा बालिकालाई विद्यालयभित्रको शौचालयबाट निकालिएको थियो । प्रिन्सिपल काफ्ले भने–१५ मिनेटमै सफलतालाई शौचालयबाहिर ल्यायौं, एकछिनमा सफलताको होस् आयो हामीसगैं हाँसेर बोलिकी थिईन पछि उनलाई हामीले सकुसल उनको अभिभावकको जिम्मा लगाएका हौं ।’

यो कुरामा भने अभिभावक सहमत छैनन् । बेहोस भएकी बालिकालाई विद्यालयले उपचार गर्नुको साटो अभिभावको जिम्मा लगाएको थियो । त्यसपछि ती बालिकालाई अभिभावकले उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरेका थिए ।

विद्यालयका प्रिन्सिपल काफ्ले बालिका सफलतालाई उनका अभिभावकले उपचारका लागि नेपालगन्ज नर्सिहोम लगे, उपचारका लागि डाक्टरले सुई लगाएपछि उनी बेहोस भएको आरोप लगाए । शौचालयमा थुनिँदा बेहोस भएकी विद्यार्थी सफलताको घटनामा आफ्नो र विद्यालयको बचाउ गर्दै प्रिन्सिपल काफ्लेले यस्तो आरोप लगाएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

ब्रिटिस ईङ्गलिस स्कुलकी विद्यार्थी सिकिस्त बेहोस भएको समाचार प्रकाशनमा आएपछि उनले विद्यालय र आफ्नो बचावट गर्दै सवै दोष नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका डाक्टरमाथि थुपारेकाछन् ।

निजि विद्यालयका प्रिन्सिपलले विद्यालय हाताभित्र भएका चरम लापरबाही लुकाउन जस्तुसुकै कदम चाल्न सक्ने उनको अभिब्यक्तिबाट प्रष्ट हुन्छ ।

शौचालयमा जीवनमरणको दोसाधमा पुगेकी बालिका सफलताको उच्चतम स्वास्थ्य हितमा तदारुक्ता देखाउनुको साटो उनले यतिवेला नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका डाक्टर माथि आरोप लगाएका छन् ।

उनले मिडिया हाउसमा फोन गर्दै समाचार छापिएको प्रति कडा दवाव दिदै समाचार नछाप्नुपर्ने चेतावनी समेत दिए । उनले टेलिफोन सम्र्पकमा भने–‘म मिडियासंग नजिक छु, गलत समाचार छापियो । बच्ची होस् मै थिइन । उनका अभिभावकले उपचारका लागि अस्पताल लगे । तर, डाक्टरले नै बेहोसको सुई लगाएपछि यस्तो भएको हो उनले ठोकुवा गरे ।

यता समाचार सम्प्रेषणको विषयलाई लिएर यतिवेला ब्रिटिस ईङ्गलिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल, शिक्षक लगायतले थुप्रै दवाव दिइरहेको बालिका सफलताकी मामा शरद पाण्डे बताउँछन् ।

सेतोखरीसंग कुरा गर्दै उनले भने–समाचारको विषयलाई लिएर अहिले मलाई थुप्रै दवाव आइरहेकोछ । समाचार सम्प्रेषण नगरिदिन भन्दै उहाँहरुले ममाथि यस्तो दवाव दिइरहनुभएकोछ ।’

सफलताकी मामा शरदले सेतोखरीसंग कुरा गर्दै भने–‘शौचालयमा थुनिएर बेहोस भएकी भान्जीलाई विद्यालयले अस्पताल नलगि अर्धचेत अवस्थामा अभिभावकको जिम्मा लगाउनु गैरजिम्मेवारी हो । कदमकथाचित भान्जिको मृत्यु भएको भए को जिम्मेवार हुन्थ्यो ?’ उनले प्रतिप्रश्न गर्दै भने– आफै गल्ती गर्ने, अनि गल्ती ढाकछोप गर्न दवाव दिने । यो कुनैपनि माइनेमा ठिक होइन ।’

उनले विद्यालयका शिक्षक शिक्षिकाप्रति आक्रोश व्यक्त गर्दै भने, ‘सकुशल विद्यालय गएको बच्चा जिवनमरणको दोसाधमा पुग्दा जिम्मेवारी कसले लिने ? हामीले सुखदुख गरेर विद्यालयले तोकेको शुल्क तिरेर पठाएका हौं, मार्नका लागि पठाएको होइन ।’

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८, बसपार्क पछाडी रहको ब्रिटिस इङ्गलिस बोर्डिङ्ग स्कुलमा अध्ययनरत बालिका सफलता बजगाँई शौचालयमा थुनिदा बेहोस भएकी थिइन् । सचेत अभिभावकको तदारुक्ताका कारण समयमै उपचार पाएपछि बालिका अहिले स्वस्थ्य भएको उनका मामा शरद पाण्डे बताउँछन् ।

सेतोखरीमा बालिका बेहोस घटनाको समाचार प्रकाशन भएपछि सर्वत्र चासो र चर्चा चलिरहँदा ब्रिटिस इङ्गलिस स्कुलका प्रिन्सिपल हेमन्तराज काफ्ले आईतबार सेतोखरीको कार्यालयमा आई समाचार सम्प्रेषण नगर्न आग्रह गरेकाछन् ।

सेतोखरीको कार्यालयमा आई विद्यालय र मलाई बचाइदिनु प¥यो । भुलबस भएको घटना हो । हामी यो विषयमा गम्भीर छौं, प्रिन्सिपल काफ्लेले भने–‘बालिकाको होस आइसकेकोछ । उनी स्वस्थ भइसकिन् ।’

बालिका बेहोसको समाचारमा चासो राख्दै समाचार सम्प्रेषण नगर्न आग्रह गर्ने विद्यालयका प्रिन्सिपल र विद्यालयले आफ्नो आधिकारिक धारणा समेत सार्वजनिक गर्न सकेकोछैन ।

घटनालाई लिएर विद्यालयको बोर्ड टिम र अभिभावकले प्रिन्सिपललाई दवाव दिएपछि उनी यतिवेला तनावमा रहेकाछन् । चार वर्षीया सफलता मामाको घरमा बस्दै आएकी थिइन् । बुवा जाजरकोटस्थित नेपाली सेनामा कार्यरत रहेको र आमा बर्दियाको एक स्कुलमा शिक्षिकाको रुपमा कार्यरत छिन् ।

पछिल्लो समय सरकारी विद्यालयको तुलनामा निजि विद्यालयको मनोमानी बढदै गइरहेकोछ । जसका कारण विभिन्न बहानामा विद्यार्थी र अभिभावकले सास्ती खेप्नु परेकोछ ।

गुणस्तरीय शिक्षाका नाममा प्रचारमुखि खोलिएका विद्यालयले शिक्षा दिनुको साटो अभिभावकलाई आर्थिक भारदिनुका साथै विद्यार्थीको भविष्य जोखिममा पारिरहेदासम्म सम्बन्धित सरोकारवाला निकाय मुखदर्शक बनिरहेकाछन् ।

यस विषयमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज प्रसशानसंग सम्र्पक गर्दा सम्र्पक हुन सकेन ।