कोहलपुरमा नमुना मतदान


कोहलपुरमा नमुना मतदान

नेपालगन्ज : चुनावि माहोलमा तातेको कोहलपुर नगरपालिका वडा नम्बर–६, मा नमुना मतदान गरिएकोछ । आगामी मङ्सिर १४ गते हुने स्थानीय उपनिर्वाचनलाई लक्षित गर्दै सोमबार उक्त नमुना मतदान गरिएको हो ।

नमूना मतदानमा खसेको कुल ७० मतमध्ये तीन मत बदर भएको पाइएकोछ । नमुना मतदानमा वडाका ३२ जना महिला ३८ जना पुरुषले मतदान गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

स्थानीय तहको उपनिर्वाचनका क्रममा मत बदर संख्या कम गर्ने उद्देश्यले गरिएको नमूना मतदानमा तीन मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकृत खुमप्रसाद सुवेदी बताँउछन् ।

नमुना मतदानका क्रममा निर्वाचनको महत्व, यसको प्रक्रिया र आचारसंहिताको बारेमा पनि सहभागिहरुलाई जानकारी गराइएको उनलेबताए ।
नेपाल युवा संस्था सञ्जाल (आयोन) तथा जिल्ला युवा क्लब सञ्जाल बाँकेको आयोजना र जिल्ला निर्वाचन कार्यालय बाँकेको समन्वयमा ‘निर्वाचनका लागि नागरिक सचेतना’ कार्यक्रम अन्र्तगत उपनिर्वाचनलाई लक्षित गरी मतदाता शिक्षाबारे अभिमुखिकरण तथा नमूना मतदान गरिएको हो ।