नेपालगन्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले चोरीको मोटरसाईकल सहित तीन जनालाई नियन्त्रणमा लिएकोछ ।
बर्दिया बढैयाताल गाँउपालिका वडा नम्बर ८ स्थित जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक लोकेन्द्र बहादुर मल्लको नेतृत्वमा सवारी चेकजाँच गर्नेक्रममा बिहीबार दुई बजे चोरीको तीनवटा मोटरसाईकल सहित तीनजालाई नियन्त्रणमा लिइएको हो ।
ट्राफिक प्रहरीले बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ८ बस्ने बर्ष अन्दाजी २९ को राम बहादुर नेपाली, सोही स्थान बस्ने बर्ष ३३ का दिनेश ढकाल र सोही स्थान बस्ने बर्ष ३३ का अशोक क्षेत्रीबाट क्रमश भे ९ प ३७४५ भे ७ प ४७७३ र भे ९ प ९०९६ नम्बरको रातोकालो रङको १५० सिसिको तीन थान पल्सर मोटरसाईकल बरामद गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक मल्ल र जिल्ला ट्राफिक कार्यालय बर्दियाको मोबाईल गाडी डिउटी कमाण्डर प्रहरी सहायक निरीक्षक महाविर चौधरीको सयूक्त सवारी चेकजाँचका क्रममा पक्राउ परेका तीनैजनालाई मोटरसाईकल सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियामा थप अनुसन्धानका लागि राखिएकोछ ।