नेकपाका पदाधिकारीले लिए शपथ


नेकपाका पदाधिकारीले लिए शपथ

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँके जिल्ला अन्तर्गतका आठवटै स्थानीय तहका पदाधिकारीले शपथ लिएका छन । आईतबार नेकपा बाँकेको पार्टी कार्यालयमा आयोजित स्थानीय तहका पदाधिकारीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उनीहरुले शपथ लिएका हुन ।


पार्टीका केन्द्रिय सदस्य तथा पाँच नम्बर प्रदेश कमिटीका सचिब जगप्रसाद शर्मा ‘अपार’ ले उनीहरुलाई शपथ खुवाएका थिए । उक्त कार्यक्रममा प्रदेश कार्यालयका सचिव बलराम अधिकारी, नेताहरू अशोक रोकाय, अशोक कोइराला, प्रकाश सुवेदी, अक्कलबहादुर बम, डम्मर बिक लगाएतको उपस्थिति रहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj


शपथ लिनेहरूमा नेपालगन्ज उपमहानगरपालिमा मनोनित भएका अध्यक्ष डिल्ली प्रसाद बराल र सचिब दत्तप्रसाद आचार्य, कोहलपुर नगरपालिकाका अध्यक्ष बसन्ती अधिकारी र सचिब तुलाराज बिष्ट, राप्तिसोनारी गाउँपाकिलाका अध्यक्ष चामबहादुर घर्ती र सचिव मनोज केसी, नरैनापुरका अध्यक्ष प्रमोद मिश्रा र सचिव मेराज खाँ, डुडुवाका अध्यक्ष सकिल अहमद खाँ र सचिव भोला प्रसाद यादव छन् ।


यसैगरी खजुराका अध्यक्ष राजकुमार बिसी र सचिव यामबहादुर महतरा, जानकीका अध्यक्ष पदम धिताल र सचिव नारायण गिरी र बैजनाथका अध्यक्ष चन्द्रबहादुर चौधरी र सचिव मिरा कार्की रहेका छन् । नेकपाको प्रदेश कमिटीले केही समय अघि बाँके जिल्लाका स्थानीय तहहरुमा पदाधिकारी (अध्यक्ष र सचिब) मनोनित गरेको थियो ।