कोहलपुर उपनिर्वाचन–२०७६
कोहलपुरः कोहलपुर नगरपालिका वडा–६ को वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का रामसरण थारुले लिड गरिरहेकाछन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीकृष्ण थारुलाई ५७ मतले पछाडी पारी अग्र स्थानमा लिड गरिरहेकाछन् ।
प्राप्त जानकारी अनुसार करिब ११ सय मत गणना भइसकेकोछ । कोहलपुर नगरपालिका पिपरि स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा भइरहेको मतगणामा नेकपाका रामसरण थारुले ५ सय ४७ मत पाएकाछन् ।
उनीसगैं निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार श्रीकृष्ण थारु ४ सय ९० मतले लिड गरिरहेकाछन् । श्रीकृष्ण थारुले प्राप्त गरेको कुल मतलाई हेर्दा उनका निकटतम प्रतिद्वन्द्वी रामसरण थारु ५७ मतले अघि छन् ।
यस्तै राप्रपाबाट वडाअध्यक्ष पदका उम्मेदवार श्रीधर सुवेदी ४० मतमा समेटिनु परेको छ । ११ सय मत गणना भइरहँदा उनले ४० मतमा चित्त बुझाउनु परेकोछ ।
यस्तै अन्य साना दल समाजबादी फोरमका सुभाखर पोखरेलले ७ र नेमकिपाका हमालले ६ मत पाएका छन् । अब बाँकी रहको ५ सय ३४ मत गणना हुदैछ । प्रमुख निर्वाचन अधिकृत षडानन्द तिवारीका अनुसार सम्पूर्ण मतगणना मध्यरात १२ बजेसम्म सकिने छ ।
कोहलपुर नगरपालिका वडा नम्बर–६ को वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा कुल ८० दशमलव ६५ प्रतिशत अर्थात् एक हजार ६ सय ३४ मत खसेको छ । जसमा ७ सय ५१ जना पुरुष र ८ सय ८३ महिलाले मतदान गरेका छन् । दुई हजार २६ मतदाता रहेकोमध्ये ३ सय ९२ मत नखसेको प्रमूख निर्वाचन अधिकृत षडानन्द तिवारीले बताए ।
मतगणनालाई लक्षित गर्दै बाँके प्रहरीले कडा सुरक्षा व्यवस्था बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बताए ।