कोहलपुर–६, उपनिर्वाचन
कोहलपुर: कोहलपुर नगरपालिकाको वडा नम्बर–६ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । यसअघि यो वडामा नेपाली काँग्रेसका उम्मेद्वारले जितेका थिए ।
कोहलपुर नगरपालिका–६, का तत्कालीन वडाध्यक्ष रामसोहन थारुको २०७५ मङ्सिर ९ गते निधनपछि उपचुनाव भएको हो । शनिबार सम्पन्न उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामशरण थारु वडाध्यक्ष विजयी भएका छन् । उनले ८०० मत पाए । गत निर्वाचनमा काँग्रेसका उम्मेद्वार रामसोहन थारुले जम्मा ४ सय २४ मत प्राप्त गरी विजयी भएका थिए ।
यो वडामा कुल मतदाता २ हजार २६ थिए । तर, १ हजार ६ सय ३४ मत अर्थात ८०.६५ प्रतिशत मात्रै खसेको थियो । जसमा ७ सय ५१ जना पुरुष र ८ सय ८३ महिलाले मतदान गरेका छन् । दुई हजार २६ मतदाता रहेकोमध्ये ३ सय ९२ मत नखसेको प्रमूख निर्वाचन अधिकृत षडानन्द तिवारीले जानकारी दिए ।
राशरण थारुका निकट्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीकृष्ण थारुले ७ सय ३६ मत पाएका छन् । यो मत विजयी रामशरण भन्दा ६४ ले कम छ ।
यस्तै वडाअध्यक्षका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी(कमल थापा नेतृत्व राप्रपा) का श्रीधर सुवेदीले ६१ मत पाए । उनीसंगै समाजबादी पार्टीका शुभाखर पोखरेलले १० मत र नेपाल मजदुर किसा पार्टी(नेमकीपा) दिपालक्ष्मी हमालले १३ मत प्राप्त गरेकी छन् ।
अघिल्लो निर्वाचनमा राप्रपाका नेपबहादुर ओली र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले क्रमशः ८७ र ५६ मत प्राप्त गरेका थिए । तर, यसपटकको उपनिर्वाचनमा यी दुई पार्टीले आफ्नो यसअघिको मत रेकर्ड ब्रेक गर्न सकेनन् ।
शनिबार भएको मतदानमा जम्मा १४ मत बदर भएको प्रमूख निर्वाचन अधिकृत षडानन्द तिवारीले जानकारी दिए । करिब साढे ४ घण्टामा मतगणना सकिएको हो ।
१५ वटा वडा रहेको कोहलपुरमा प्रमुख सहित नेकपाका ९ र उपप्रमुख सहित काँग्रेसका ६ वडाध्यक्ष छन् ।
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं