ढल्यो काँग्रेसको विरासत

कोहलपुर–६, उपनिर्वाचन


ढल्यो काँग्रेसको विरासत

कोहलपुर: वडाध्यक्ष पदका लागि बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–६, मा शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसले आफ्नो विरासत गुमाएको छ ।

कोहलपुर–६, का तत्कालीन वडाध्यक्ष रामसोहन थारुको २०७५ मङ्सिर ९ गते निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो विरासत जोगाउन सकेन ।

काँग्रेसको गढ मानिएको सो वडामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आफ्नो जीत निकाल्दै काँग्रेसको काँग्रेसको विरासत मात्र भत्काएन राजनीतक ईतिहासमा नयाँ रेकर्ड स्थापित ग¥यो ।

उपनिर्वाचनमा नेकपाका रामशरण थारु वडाध्यक्ष विजयी भएपछि आफ्नो विरासत गुमाएको काँग्रेसले यतिवेला हारको कारणबारे समीक्षा गर्दै वडाको विकासमा रचनात्मक सहयोग गरेर अघि बढ्ने जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

चुनावी गणतीय जोडघटाउका हिसाबमा पनि अग्रस्थानमा भएको बताउने काँग्रेसले उपनिर्वाचनमा आफ्नो पुरानै विरासत जोगाउन सकेन । थारु तथा पहाडी समुदायमा लोकप्रिय बनेका श्रीकृष्ण थारुले जनमत बटुल्न सकेनन् । फलस्वरुप जितेको बाजी समेत दाउमा लाग्यो । संविधान सभाको निर्वाचनमा समेत समानुपातिक उम्मेदवार बनेका श्रीकृष्ण थारुले शनिबार सम्पन्न उपनिर्वाचनमा जम्मा ७ सय ३६ मत प्राप्त गरे ।

बडघरको सहसचिवमा रहेर काम गर्दा वडाबासीबीच लोकप्रिय बनेका श्रीकृष्णलाई उम्मेदवार बानाएको काँग्रेसले जित सुनिश्चित हुनेमा ढुक्क थियो । तर, नेकपा र माओबादी पार्टी एकीकरणपछिको निर्वाचन परिणामले काँग्रेसको विरासत ढाल्यो ।

विगतको भन्दा केही चुनौती देखिएपनि काँग्रेसले सतहीरुपमा लिदाँ हार ब्यहोर्नुप¥यो । यता कोहलपुर नगरपालिकाका उपमेयर सञ्जु चौधरीको दवदवा रहेको उक्त वडाबाट सहजै मतपरिणाम आफ्नोमा पर्ने काँग्रेसको आँकल रहेको थियो । तर, काँग्रेसले आफ्नो किल्ला बचाउन सकेन ।