कोहलपु–६, उपनिर्वाचन
कोहलपुरः कोहलपुर नगरपालिका वडा नम्बर–६, वडाको समृद्धीका लागि वडाअध्यक्षका दाबेदार राप्रपाका श्रीधर सुवेदीले आफूलाई कोहलपुर वडा नम्बर–६ को चौकीदार बताउँदै चुनावी मैदानमा उत्रिएका थिए ।
नेकपाले काँग्रेकासे विरासत भत्काउदै निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने र काँग्रेस आफ्नो विरासत बचाउन कसरतपूर्णरहेका बेला मतमतान्तर हुने र त्यही प्रतिस्प्रर्धाबीचबाट आफ्नो जीत सुनिश्चित हुने दाउमा रहेका थिए राप्रपाका सुवेदी ।
चुनावी अंकगणीतीय जोडघटाउगर्दै दुई ठूला दल नेकपा र काँग्रसबीचबाट आफ्नो जीत निकाल्ने दाउमा रहेका राप्रपाका सुवेदीले सोही अनुरुप आफ्ना गतिविधि बढाउदै लगेका थिए । तर, शनिबार भएको उपनिर्वाचनलगत्तैको मतगणाले उनको अपेक्षा पुरा गर्न सकेन । उनी अंकगणीतिय जोडघटाउमै सीमित भए ।
चुनावमा पहिलोपटक मैदानमा उत्रिएका श्रीधरका लागि यो मतपरिणाम पहिलो गासमै ढुंगा भएकोछ । उनले प्राप्त गरेको मतपरिणामलाई हेर्ने हो भने गत २०७४ को निर्वाचनमा राप्रपाले पाएको जम्मा मतमा २६ मत कम छ । तत्तकालिन राप्रपाबाट वडाअध्यक्षमा लडेका नेपबहादुर ओलीले ८७ मत पाउँदा यसपटक राप्रपाका श्रीधर सुवेदीले ६१ मतमै चित्त बुझाउनु प¥यो ।
संख्यात्मकरुपमा थारु बाहुल्यता रहेको सो वडामा राप्रपाका सुवेदीले पहाडी र थारु बस्तीमा आफ्नो २ सय मत पक्का रहेको ठोकुवा गरेका थिए । चुनावी रणनीतिमा समेत आफ्ना २ सय मत पक्का रहेको र थारु र पहाडी बस्तीबाट नेकपा तथा काँग्रेसका कम्तिमा एक–एक सय भोट एवं स्वतन्त्र सय मत तान्ने दाउमा लागेका थिए ।
युवामाझ लोकप्रिय बनेका राप्रपका श्रीधर सुवेदीले शनिबार प्राप्त गरेको मतबाट आफू विचलित नहुने र समग्र वडाको विकास र निकासका लागि लागि पर्ने बताएकाछन् । उनी निर्वाचनको मतपरिणामले पाठ सिकाएको भन्दै आफ्नो तहबाट उत्कृष्ट कार्य गर्ने बताउँछन् ।
पहिलोपटक निर्वाचानमा होमिएका सुवेदीले पहिलो प्रयासमै सफलता प्राप्त नगर्न पनि सकिन्छ । यो मेरा लागि सिकाई भएकोछ । थप निखारिएर जनमतको कदर गर्दै समग्र वडाको हितमा लाग्न प्रेरित गरेको बताउँछन् ।