गुल्मी : गुल्मीको तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदै एकै स्थानका १४ जनाको मृत्यु भएको छ । भने दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।
गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
जिप सडकबाट ३ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ महिला, ४ पुरुष र एक बालकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौं लगिदैछ ।
दुर्घटनामा जीपचालक सहितको मृत्यु भएको छ भने अझै मृतकहरुको नाम खुलेको छैन । केही दिन अगाडि मात्रै अर्घाखाँचीको सन्धिखर्कमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?