काहेलपुर: नवनिर्वाचित कोहलपुर नगरपालिका वडा नम्बर–६, का वडाध्यक्ष रामशरण थारुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
कोहलपुर नगरपालिकाका कार्यबाहक मेयर सन्जुकुमारी चौधरीले नवनिर्वाचित थारुलाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन् । कोहलपुर नगरपालिकामा शुक्रबार भएको पद तथा गोपनियताको शपथकार्यक्रम लगत्तै वडाध्यक्ष थारुले पदभार ग्रहण गरेका छन् ।
पद तथा गोपनियताको सपथ कार्यक्रम सकिएलगत्तै उनी वडा कार्यालय पुगेका थिए । पदभारपछि बोल्दै वडाध्यक्ष थारुले जनताले दिएको जिम्मेवारीलाई इमान्दारीता– कासाथ पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताए । उनले जनमतको कदर गर्दै वडाको समस्या समाधान तथा विकास र निकासका लागि कटिबद्ध भएर लाग्ने बताए ।
उनले कोहलपुर नगरपालिकाको वडा नम्बर ६ लाई नमुना वडाका रुपमा विकास गर्नका निमित्त सबैपक्षसँग सहकार्य गरेर अघी बढ्ने बताए ।
यहि मंसिर १४ गते भएको स्थानीय तह उपनिर्वाचन अन्र्तगत वडा अध्यक्षमा थरु विजयी भएका हुन् । २०७४ वडा अध्यक्ष मृत्युपछि रिक्त रहेको वडाको नेतृत्वका लागि निर्वाचन भएको थियो ।
उपनिर्वाचनमा काँग्रेसका निकटतम प्रतिद्वन्द्वी श्रीकृष्ण थारुलाई ६४ मतले पछि पार्दै रामशरण थारु वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनले कुल ८ सय मत प्राप्त गरेका हुन् ।