नेपालगन्ज : बर्दियाको राजापुर नगरपालिका ६ मानपुर टपरामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
वालुवा लिएर राजापुरतर्फ जाददै गरेको भे १ त ७१८० नम्वरको ट्रयाक्टरले ठक्कर दिँदा साइकलमा सवार राजापुर नगरपालिका ८ भोगपुरका अन्दाजी ६० वर्षीय कालुराम थारुको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो भएको दुर्घटनामा परी गम्भीर घाइते भएका थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।
राजापुर नगरपालिका भोगपुरका ट्याक्टर चालक अन्दाजी ४० वर्षीय जुगराम थारु र ट्याक्टर ईलाका प्रहरी कार्यालय राजापुरले नियन्त्रणमा लिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?