कोहलपुर प्रहरीको ज्यादती, विद्यार्थीमाथि गोली प्रहार


कोहलपुर प्रहरीको ज्यादती, विद्यार्थीमाथि गोली प्रहार

कोहलपुर: आन्दोलनमा उत्रेका विद्यार्थीमाथि प्रहरीले गोली चलाएकोछ । प्रहरीको गाली लागि त्रिभुवन उमाविका कक्षा ९ मा अध्ययनर विद्यार्थी सुशिल थापा घाईते भएकाछन् ।

त्रिभुवन उमाविमा कक्षा ७ मा अध्ययनरत १३ वर्षिय छात्रा प्रकृती चन्दलाई आज विहान सडक पार गर्नेत्रमmमा ट्रकले किचेपछि दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुर पुगेका थापासहतिका विद्यार्थीमाथि कोहोलपुर प्रहरीले गोली प्रहार गरेको हो । गोली प्रहारबाट घाईते थापाको स्थानीय अस्पतालमा उपचार भइरहेकोछ ।

आईतबार विहान छात्रालाई ट्रकले किचेको घटना प्रति आक्रोशित विद्यार्थी तथा उनका अभिभावकले उक्त ट्रक जलाएका थिए भने न्यायको खोजीमा सडकमा उत्रिएका विद्यार्थीहरुमाथि आईतबार विहान प्रहरी दुई दर्जन बढि हवाई फायर गरेको थियो ।

यसले विद्यार्थीहरुको मानसिकअवस्थामा समेत असर परेको विद्यार्थीहरु बताउँछन् । आन्दोलनमा उत्रिएका स्कुले विद्यार्थीलाई मथ्थर पार्न हतियारसहित पोशाकधारी प्रहरी विद्यालय भित्र समेत प्रवेश गरि विद्यार्थीमाथि अन्धाधुन्ध लाठी प्रहार गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरीको दमनका विरुद्ध आक्रोशित भएको विद्यार्थीले प्रहरीमाथि ईट्टा, ढुङ्गा प्रहार गर्दै दोहोरो झडप गरेका थिए । सो क्रममा प्रहरीले विद्यालयका स–साना बालबालिकालाई लछाडपछाड गर्दै समाउन समेत खोजेको थियो । दोषीमाथि कानूनी कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय पुग्दा विद्यार्थीमाथि गोली प्रहार भएको हो ।

प्रहरी र विद्यार्थी विच भएको झडपमा एकदर्जन बढि विद्यार्थी घाईते भएकाछन् । कोहलपुरदेखि नेपालगन्ज जादै गरेको ना २ घ ९४५९ नम्बरको ट्रकले किच्दा छात्रा चन्दको दुवै खुट्टा पूर्णरुपमा किचिएकाछन् । उनको अवस्था गम्भीर छ भने प्रहरीको गोलीबाट घाईते भएका थापाकोअवस्था पनि चिन्ताजनक रहेको बताइएकोछ ।

कोहोलपुर प्रहरीका अनुसार आईतबार विहानैदेखि आक्रोसित विद्यार्थीहरु एक्कासी ईलाका प्रहरी कार्यालयमा आएर भवन नै तोडफोड गर्न थालेपछि हुल नियन्त्रण गर्नका लागि हवाई फायर गरिएको र थापालाई लागिएको भनिएको गोली रवरको भएको कोहलपुर प्रहरीले बताएकोछ ।
उक्त घटनाका बारे जानकारी लिन कोहलपुरका प्रहरी प्रमुख डिएसपी हेमबहादुर शाही, ट्राफिक प्रहरी प्रमुख पविन्द्र बमसंग सम्र्पक गर्दा उनीहरुले कुनै जानकारी नदिई घटना लुकाउने प्रयास गरेका छन् ।