यात्रुहरु अलपत्र, उद्दार गर्ने कोही छैन
कोहलपुर: आन्दोलनमा उत्रेका विद्यार्थीमाथि प्रहरीले गोली चलाएपछि आक्रोसित भीडले ईलाका प्रहरी कार्यालयसग सटेको क्यान्टिनमा आगजनी गरेकाछन् ।
आन्दोलनरत विद्यार्थीले ईलाका प्रहरी कार्यालय कोहलपुरसगैं रहेको क्यान्टीन जलाएका हुन् ।
ट्रकले विद्यार्थी किचेपछि आन्दोलनमा उत्रिएका विद्यार्थीमाथी प्रहरीले दमन गरेको भन्दै ईलाका प्रहरी कार्यालयमा तोडफोडगर्दै प्रहरी कार्यालयसगैं सटेको क्यान्टिनमा आगजनी गरेकाछन् ।
उग्रबन्दै गएको विद्यार्थी र प्रहरीबीच झडप हुदाँ कोहलपुर प्रहरी प्रमुख डिएसपी हेमबहादुर शाही सहित दर्जन प्रहरी घाईते भएकाछन् । प्रहरी र आन्दोलनरत विद्यार्थीबीच तनाव बढेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिने भन्दै दर्जनबढि अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर समेत गरेकोछ ।
अनियन्त्रित भिडलाई नियन्त्रण गर्न प्रहरीले दजनौं पटक हवाई फायर गरिसकेको छ । हालसम्म प्राप्त जानकारी अनुसार प्रहरीले चलाएको गोली लागी दुई विद्यार्थी गम्भीर घाईते भएका छन् भने सयौं विद्यार्थी समेत घाईते भएका छन् ।
यतिवेला कोहलपुरको अवस्था नियन्त्रणभन्दा बाहिर भएपछि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएकोछ । विद्यार्थी आन्दोलनका कारण सडक अबरुद्ध हुदाँ दर्जनौंबढी गाडीहरु बीच सडकमै रोकिएका छन् । बाँके प्रशसानले सडक खुलाउनेतर्फ कुनै चासो नदिदाँ सयौं यात्रुहरु अलपत्र परेका हुन् । प्रहरी प्रशासनले सडक खुलाउने प्रयास नगरेको भन्दै अलपत्र परेका यात्रुहरु निराश बनेकाछन् ।