नेपालगन्ज :भारतबाट अवैध रुपमा भित्र्याइएको करिब साढे ४ लाख मूल्य बराबरको सुर्तीजन्य पदार्थ प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरबाट करिब ३ लाख १० हजार मूल्य बराबरको १५.५ क्विन्टल र उक्त स्थान भन्दा करिब ३० मिटर टाढा परालमा लुकाएर राखेको अवस्थामा थप १ लाख ४० हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ आइतबार बिहान बरामद गरेको प्रहरीले जनाएको छ ।
ईतराम बाबा मन्दिर पछाडि लुकाएर राखेको अवस्थामा वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले सो परिमाणको सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?