अवैद्य रकमसहित बाबुछोरा पक्राउ


अवैद्य रकमसहित बाबुछोरा पक्राउ

नेपालगन्ज : बाँकेको नेपालगन्जमा सुनको कारोबार गर्दै आएका व्यवसायी तेह्र लाख अवैध रकमसहित प्रहरीको फन्दामा परेका छन् ।

नेपालगन्जमा सुन कारोबार गर्दै आएका सौरभ सोनी र विनोदकुमार सोनीलाईबाँके प्रहरी बुधबार पक्राउ गरेको हो । नेपालगन्ज उपमहानगरपालिका –२, घरवारी टोलबाट उनीहरूलाई प्रहरीले अवैद्य १३ लाख रूपैयाँसहित पक्राउ गरेको बाँके प्रहरीका मुद्दा शाखा ईन्चार्ज प्रहरी निरीक्षक दीपक मल्लले बताए । प्रहरी निरीक्षक मल्लका अनुसार उनीहरुका साथमा रहेको रकम अवैध भएको र उक्त रकमको स्रोतको खोजी भइरहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरी निरीक्षक मल्लले सुन कारोवारमा संलग्न बाबुछोराको गतिविधिप्रति प्रहरीले पहिलेदेखि नै निगरानी गरिरहेको बताए । उनले भने, ‘शंका लागेपछि बुधबार पिछा गरेका थियौ । सोही क्रममा १३ लाख नगद रकमसहित बाबुछोरालाई प्रहरीले पक्राउ गरेका छौं ।’

प्रहरी निरीक्षक मल्लले कुन स्रोतबाट रकम आएको भन्ने अनुसन्धानपछि मात्र खुल्ने बताए । यसअघि पनि नेपालगन्जमा स्रोत नखुलेको रकमसहित केही व्यक्ति पक्राउ परिसकेको उनले जानकारी दिए । नेपाल र भारत सिमा क्षेत्रका सुन, हुण्डी जस्ता कारोवारमा संलग्नहरूले नेपाली तथा भारतीय अवैध रकम ओसापसार गर्दै आएका छन् ।