बर्दिया : बर्दिया प्रहरीले १७ किलो चरेशसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दियाको फुटाहामा चेकजाँच गर्ने क्रममा चरेससहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।
बर्दियाबाट भारततर्फ लादै गरेको अवस्थामा प्रहरीको टोलिले १७ किलो चरेस सहित २ जनालाई मङ्गलबार बिहान पक्राउ गरेको जनाएकोछ ।
प्रहरी नायब निरीक्षक धनबहादुर केसीको कमाण्डमा खटेको टोलिले बर्दिया जिल्लाको फुटाहाबाट मङ्गलबार विहान करिब ४ बजेतिर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियमित ड्युटीमा रहेको प्रहरीले विहानै करिब ४ बजेतिर संकास्पदरुपमा दुई जना ब्यक्ती भेटिएपछि सोधपुछ गर्न खोज्दा भाग्न लागेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक धनबहादुर केसीले बताए ।
पक्राउ पर्नेमा रोल्पा जिल्ला रोल्पा नगरपालिका २३ वर्षीय सजिन बिक र २४ वर्षिया निर्मला बुढा मगरलाई पक्राउ गरेको बताएकोछ । बर्दिया जिल्लाको गुलरियाबाट पनि यस अघि ५८ केजि चेरश सहित ५ जना पक्राउ परेका थिए । यसअघि पनि बर्दिया प्रहरीले बेबारिसे अवस्थामा ११ केजि चरेश बरामद गरेको थियो ।
लागुऔषध ओसारपसारमा सक्रिय बनेका तस्कर लक्षित प्रहरी निगरानी बढेपछि बर्दिया प्रहरीलाई सफलता मिल्दै आएोछ । पछिल्लो समय बर्दियाबाट खुला सीमानाको फाईदा उठाउदै लागू औषध चरेश ओसार प्रसार हुने थाले पछि जिल्ला प्रहरी कार्यालय बर्दियाले सीमा क्षेत्रमा प्रहरीको सक्रियता बढाएको प्रहरी उपरीक्षक राजेश बास्तोलले बताए ।