आज संसदको हिउँदे अधिवेशन


आज संसदको हिउँदे अधिवेशन

काठमाडौँ: संसदको पाँचौ तथा हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । शुक्रबार दिउँसो चारबजे संसद बैठक सुरु हुनेछ । तर, बैठकको अध्यक्षता कसले गर्ने भन्ने बारे अहिलेसम्म टुंगो लागेको छैन ।

सभामुख नभएका अवस्थामा बैठकको अध्यक्षता उपसभामुखले गर्ने संविधानमा व्यवस्था भए पनि प्रतिनिधिसभा नियमावलीमा बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ । त्यसैले सभामुख नभएका अवस्थामा आज बस्ने संसद बैठकको अअध्यक्षता कसले गर्ने भन्ने अन्यौलताछ ।

Kanti Aarogya Hospital Nepalgunj

संसदको हिउँदे अधिवेशन सुरु हुनुअघि आज दिउँसो एक बजे दलहरुको अनौपचारिक बैठक बस्दै छ । उक्त बैठकले उपसभामुखले बैठकको अध्यक्षता गर्ने वा ज्येष्ठ सदस्यबाट अध्यक्षता गराउने भन्ने विषयमा टुंगो लगाउने बुझिएको छ ।

यसैबीच उपसभामुख शिवमाया तुम्वाहाम्फले राजीनामा दिने निश्चित भए पनि उपसभामुख शिवमायाले आफूलाई सभामुख बनाउने भए मात्रै राजीनामा दिने अडान लिएकी छन् । जसले गर्दा भावी सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा निष्कर्षमा पुग्न नसकेपछि अन्यौलता थप बढेको छ ।