जेलभित्रै आन्दोलन: बन्दीले थुने चौकीदार, सिडिओ उदासिन


जेलभित्रै आन्दोलन: बन्दीले थुने चौकीदार, सिडिओ उदासिन

नेपालगन्ज : बाँकेको नेपालगन्ज स्थित कारागारका रहेका महिला बन्दीहरू आन्दोलनमा उत्रिएका छन् । चौकिदार र गारागार व्यवस्थापनले गुणस्तरीय खाना नदिएको आरोप लगाउँदै यहाँका महिला बन्दीहरू शुक्रबार दिउँसोदेखि आन्दोलनमा उत्रिएका हुन ।

कारागारका चौकीदारलाई महिला बन्दहरूले महिला बन्दी गृहमै थुनेर राखेको कारागारका निमित्त जेलर दीपेन्द्र पौडेल बताउँछन् । उनकाअनुसार चौकीदारलाई जेल प्रशासनसँग भेट्न पनि दिएका छैनन् । उनले भने ‘वार्ताका लागि हामीले महिला बन्दीसँग अनुरोध गरिरहेका छौं । तर, उहाँहरू वार्तामा आउनु भएको छैन् ।’

निमित्त जेलर पौडेलले शुक्रबार दिउँसो नै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई घटनाका बारे जानकारी गराएका थिए । तर, बाँके प्रशासनले उक्त घटना सहजिकरणका लागि शुक्रबार साँझसम्म गम्भीर रूपमा चासो नदेखाएको बताईएको छ ।

गएको १४ कार्तिकमा पुरूष बन्दीले आन्दोलन गरेर जेलर भरतराज पाण्डे, चौकीदार भरत फडेरालगायतको सरूवा गरेका थिए । मंसिरको दोस्रो साता यता बाँके कारागार जेलरविहीन भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्रप्रसाद श्रेष्ठलाई जेलरको जिम्मेवारी दिइसकेको बताएका छन् । तर, ती जेल अहिले पनि कारागार बाँकेमा आएका छैनन् । सिडिओ खड्काले भने ‘जेलर नभएर कारागारमा समस्या भएको हो ।’

Kanti Aarogya Hospital Nepalgunj

जुम्लामा सिडिओ नभएर उहाँ रोकिनु भएको हो । सोमबारसम्म आइपुग्नु हुन्छ,’ सिडिओ खड्काले भने, ‘ महिला बन्दीले चौकीदारले गुणस्तरीय खाना दिएन भनेका रहेछन् । नियम विपरित चौकीदार राखिएको भए अर्को व्यवस्था हुन्छ ।’