नेपालगन्जः मोहन वैद्य नेतृत्वकोनेकपा क्रान्तिकारी माओबादीका नेता सीपी गजुरेल पक्राउ परेकाछन् । भारतबाट भएको सीमा अतिक्रमणको विरोधमा राजधानीको माईतीघरमा गरिएको प्रदर्शनका क्रममा उनलाई पक्राउ गरिएको हो ।
माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले धरपकड समेत गरेको थियो । सो क्रममा वैद्य माओवादीका नेता गजुरेलसहित अन्य केही कार्यकर्ता समेत पक्राउ परेका छन् । गजुरेल वैद्य माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत हुन् ।