नेपालगन्ज:सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौडा राख्ने निर्णय गरेकोछ ।
प्रदेश नम्बर ३ को नाम बागमती राखिने आइतबार बसेको सचिवालय बैठकले निर्णय गरेको हो ।
नेकपा केन्द्रको निर्णयअनुसार अब नेकपा प्रदेश नम्बर ३ ले प्रक्रिया अघि बढाउने छ । प्रदेश नम्बर ३ मा सत्तारुढ दल नेकपाको दुई तिहाइ बहुमत रहेको छ ।
यसअघि नेकपाकै सांसदहरुबीच कुरा मिल्न नसक्दा प्रदेशको नाम र राजधानीको टुंगो लाग्न सकेको थिएन ।
यस्तै प्रदेश पाँचको नामाकरण लुम्बिनी प्रदेश प्रस्तावित गरिएपनि राजधानीको विषयमा अझै टुंगो लाग्न सकेकोछैन । दलिय भागबण्डालाई नियाल्दा बुटवल नै स्थायी राजधानीका लागि तोकिने निश्चित प्राय भएकोछ । यो सगैं बाँके बर्दियाका आम नागरिकहरु कर्णाली प्रदेशमा गाभिने भन्दै ठूलो बहस चलेकोछ ।