नेपालगन्ज: नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर समावेशी प्यानलले उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहेको घोषणा गरेको हो ।
त्यस्तै सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् ।
यस्तै बस्तुगत तर्फ होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल, र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा रहेका छन् । उम्मेदवारी घोषणा पछि बोल्दै अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरीले लामो समयदेखि संघमा रहेर उद्योगी, व्यवसायीको हकहितमा लाग्दै आएका उद्योगी, व्यवसायीहरुलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएको बताउँदै सहयोग गर्न आग्रह गरे ।
यसैबीच साझा प्रजातान्त्रिक समूहले शुक्रवार उम्मेदवारी घोषणाको तयारी गरेको छ । उम्मेदवारको सूची लगभग तयार भइसकेको छ । प्रजातान्त्रिक व्यवसायी प्यानलको नेतृत्व ललित रौनियारले गर्ने पक्कापक्की भएको छ ।