चट्याङ्गमा परि एकै परिवारका पाँच घाईते


चट्याङ्गमा परि एकै परिवारका पाँच घाईते

सांकेतिक तस्विर

नेपालगन्जः चट्याङ्ग लागेर बाँकेमा पाँच जना घाईते भएकाछन् । शुक्रबार बिहान परेको चट्टयाङ्गका कारण एकै घरका पाँचजना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार शुक्रबार बिहान करिव पौने पाँच बजेतिर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ महापुरवाका ५४ वर्षिय गुरुदिन खटिकको घरमा चट्टयाङ्ग पर्दा गुरुदिनसहित एकै परिवारका पाँच जना घाईते भएका हुन ।

Kanti Aarogya Hospital Nepalgunj

चट्टयाङ्ग लागेर ५५ वर्षिया श्यामकला खटिक, ४५ वर्षिय राजितराम खटिक, १८ वर्षिय रामरुप खटिक, र ४ वर्षीय सुबी खटिक घाईते भएका हुन् । चट्याङ्ग लागेर घाईते भएका उनीहरु सबैको नेपालगन्ज स्थित भेरी अस्पतालमा यतिखेर उपचार भईरहेको प्रहरीले जनाएको छ ।
चट्टयाङ्ग लागेर गुरुदिनले पालेको एउटा बंगुर समेत मरेको प्रहरीले जनाएको छ ।

यसैबीच, विहीबार विहानदेखि मौसममा आएको परिर्वतनले बाँके लगायतको जनजिवन कष्टकर बनेकोछ । शुक्रबार विहान हल्का वर्षा भएपछि चिसो बढेकोछ । यतिवेला आकाशमा बादल भएपनि छिनछिनमा पानि परिरहेकोछ ।