नेपालगन्ज :नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आज उम्मेदवारी घोषणा गर्ने भएकोछ ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ र राष्टिूय प्रजातान्त्रिक उद्योग व्यापार संगठन मिलेर बनेको सझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले एक कार्यक्रमका विच उम्मेदवार घोषणा गर्ने भएको हो ।
नेपालगन्ज स्थित कल्पतरु होटलमा शुक्रबार दिउँसो ३ बजे बस्ने भेलाले नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने चुनावका लागि उम्मेदवारी घोषणा गर्नेछ ।
यसअघि समावेशी प्यानलले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर आफ्ना उम्मेदवार घोषणा गरिसकेकोछ । समावेशी प्यानलका तर्फबाट अध्यक्ष पदका लागि अब्दुल वाहिद मन्सुरीलाई उम्मेदवार घोषणा गरिसकेकोछ ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको उम्मेदवारको सूची लगभग तयार भइसकेको छ । प्रजातान्त्रिक व्यवसायी प्यानलको नेतृत्व ललित रौनियारले गर्ने पक्कापक्की भएको बुझिएकोछ ।