नेपालगन्ज: आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले आफ्नो उम्मेदवारी टुङ्गो लगाएकोछ ।
समुहको शुक्रबार नेपालगन्जमा बसेको बैठकले नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्षमा ललित रौनियारलाई उठाएकोछ ।
यो सगैं नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायीका ललित रौनियार र समावेशी प्यानलका अब्दुल वाहिद मन्सुरी‘चुन्ना’बिच भिडन्त हुने भएको छ ।
नेपालगन्ज न्यूरोडस्थित होटल कल्पतरुमा आयोजित घोषणासभामा साझा प्रजातान्त्रिक समूहले रौनियारको नेतृत्वमा १५ सदस्यिय उम्मेदवारी घोषणा गरेको हो । उक्त प्यानलले उद्योग तर्फको उपाध्यक्षमा तपेन्द्र बिक्रम शाह तथा वाणिज्य तर्फको उपाध्यक्षमा अमित बस्नेतलाई अगाडी सारेको छ ।
यस्तै सदस्यमा क्रमश अजय कुमार टण्डन, मख्खन धामी, तेजनारायण कँडेल, सुनिल सिंघल, विन्दु चर्तीमगर, टंकप्रसाद शर्मा, टेकबहादुर खड्का, बदरुद्धिन अन्सारी, विष्णुप्रसाद श्रेष्ठ, दिपेन्द्रराज श्रेष्ठ, सन्तोषकुमार बैश्य र सुरेन्द्रसिंह सरदारलाई चुनावि मैदानमा उतारेकोछ ।
यसअघि बुधबार समावेशी प्यानलले आफ्नो उम्मेदवारी घोषणा गरेको थियो । उक्त प्यानलको उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ र उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार छन् भने सदस्यहरुमा क्रमशः टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनील बानिया ‘पप्पु’, मन्दिरा पाण्डे र भीम रानाभाट रहेका छन ।
त्यस्तै बस्तुगततर्फ होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कँडेल र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धु’ ले उम्मेदवारी दिएका छन् ।