नेपालगन्ज:नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि दुवै समूहका उम्मेदवारले घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् ।
अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी र ललित रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानल दुवैलाई मतदाताले स्वागत गरेका छन् ।
समावेशी प्यानलका उम्मेदवारले सोमबार धम्वोझी, नर्सिङ्गहोम, खजुरारोड, सुर्खेतरोडमा घरदैलो गरेका छन् । साँझा प्रजातान्त्रिक प्यानलले नेपालगन्ज बजारको केही क्षेत्रसँगै राँझा, मनिकापुर गनापुर क्षेत्रमा व्यापक प्रचार प्रसार गरेका छन् ।
उद्योगी, व्यवसायीको भरोसाको केन्द्र बनाउने उद्देश्य सहित दुवै प्यानल चुनावी मैदानमा उत्रिएका छन् । साँझा प्यानलका अध्यक्ष पदका प्रत्यासी रौनियारले पनि मतदातको घरदैलोमा जाँदा आफू र आफनो प्यानललाई मतदाता व्यवसायीले एकदमै सकारात्मक रूपमा हेरेको बताएका छन् ।
समावेशी प्यानलका अध्यक्ष पदका प्रत्यासी अब्दुल वाहिद मन्सुरीले घदैलोका क्रममा मतदाताको सहयोगबाट आफुहरू उत्साहित भएको बताएका छन् ।