नेपालगन्ज: लागुऔषध ब्राउनसुगरसहित एकजनालाई नियन्त्रणमा लिइएकोछ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले लागुऔषध ब्राउनसुगरसहित बाँके राप्ती सोनारी गाँउपालिकाका रुद्र शाहलाई नियन्त्रणमा लिएको हो ।
नेपाल–भारतसीमामा नियमित चेकजाँच गर्ने क्रममा शनिबार दिउँसो साढे दुई बजे राप्ती सोनारी वडा नम्बर ९, कचनापुर बस्ने २५ वर्षीय शाहले बाँयाँ खुट्टाको जुत्ताभित्र लुकाई छिपाई ल्याएको ९ ग्राम ब्राउनसुगर बरामद गरेकोछ ।
पक्राउ परेको शाहलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?