‘रौनियार’ र ‘चुन्ना’ समूहको उम्मेदवारी दर्ता

नेपालगन्जमा उवासंघ चुनावी रौनक


‘रौनियार’ र ‘चुन्ना’ समूहको उम्मेदवारी दर्ता

नेपालगन्ज : बाँकेको नेपालगन्जमा आगामी माघ ११ गते हुन लागेकोे नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि दुई समूहले उम्मेदवारी दर्ता गरेका छन् ।

नेकपा निकट समाबेशी र काँग्रेस, राप्रपा निकट साझा प्रजातान्त्रिक समूहले विधिवत् रूपमा शनिबार दिउँसो उम्मेदवारी दर्ता गरेका हुन् ।
उक्त निवाृचनमा अध्इक्षका प्रत्यासी अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ (समाबेशी) र ललित रौनियार (साझा प्रजातान्त्रिक) को समूहले संघको कार्यालयमै पुगेर उम्मेदवारी दर्ता गरेको संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य बताउँछन् ।

दुवै समूह आआफना सचिवालयबाट नाराजुलुससहित संघको कार्यालयमा पुगेका थिए । समाबेशी समूहबाट उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल तथासदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बाँनिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाटले उम्मेदवारी दर्ता गराएकाछन् ।

यसैगरी रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्रविक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त समूहको सदस्य पदका उम्मेदवारमा अजयकुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरूदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ, सुरेन्द्र सिंह सरदारले उम्मेदवारी दर्ता गराएका छन् ।

माघ ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको चुनावका लागि शनिबार उम्मेदवारी दर्ता भएसंगै यहाँका उद्योगी व्यापारीमाझ उद्योग बाणिज्य संघको चुनावको सरगर्मी बढेकोछ ।

औपचारिकरुपमा चुनावको प्रचारप्रसारले तिव्रता पाएकोछ । उम्मेदवार उद्योगी, व्यापारिहरु मतदाता रिझाउन कार्यमा ब्यस्त भएकाछन् । आफ्नो पक्षमा निर्वाचन मतपरिणाम पार्न उद्योगीहरुको दुवै प्यानल जोडतोडका साथ मतदाता भेटघाटमा ब्यस्त भएकाछन् ।