हमला गर्ने योजना बनाएको गिरोह पक्राउ


हमला गर्ने योजना बनाएको गिरोह पक्राउ

नेपालगन्ज: बाँकेको कोहलपुरबाट सांघितिक हमला गर्ने योजना बनाएको गिरोहलाई नियन्त्रणमा लिएकोछ । हमला गर्ने योजना बनाईरहेको अवस्थामा प्रहरीले कोहलपुरबाट पाँच जना युवालाई नियन्त्रणमा लिएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर १० स्थित एक होटलबाट हतियारसहित हमला गर्न योजना बनाईरहेको अवस्थामा ती युवालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले बताएकोछ ।

कोहलपुरकै एक युवालाई आक्रमण गर्ने योजना बनाईरहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का अंकित थापा, सोही ठाँउका प्रविन थापा, समिर खान, बारबर्दियाका प्रितम थापा र बाँकेको खजुराका रबि विकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

पक्राउ परेका युवाका साथबाट घरेलु हातहतीयार बरामद भएकोछ । यद्यपी ती युवाले हमला गर्न खोज्नुको कारण नखुलेको भएपनि प्रहरी हिरासतमा रहेका युवामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएकोछ ।