मोरङ: सडक निर्माणका लागि राखिएका तीनवटा स्काभेटररमा अज्ञात समुहले बम विस्फोट गराएकाछन् ।
मोरङको उत्तरपूर्वी क्षेत्रमा रहेको मिक्लाजुङ गाउँपालिका स्थित रमितेमा सडक निर्माणका लागि राखिएको स्काभेटरमा आईतबार राती अज्ञात समूहले बम बिस्फोट गराएका हुन ।
आईतबार राती करिब ९ बजेको समयमा उर्लाबारीको किसानचोक–रमिते सडक निर्माणका लागि सडक छेउ राखिएको स्काभेटरमा बम बिस्फोट भएको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष नरबहादुर राईले बताए ।
सो बिस्फोटको हालसम्म कसैले जिम्मेवारी लिएका छैनन् । यद्यपि भूमिगत नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाले बिस्फोट गराएको आशंका भने गरिएको छ । हाल घटनास्थलमा उर्लाबारीस्थित इलाका प्रहरी कार्याल्यबाट प्रहरीको टोली पुगी अनुसन्धान अघि बढाएकोछ ।
आईतबार राति बिस्फोट भएको क्षेत्रमा सोमबार बिहान बम फेला परेपछि स्थानीय त्रसित बनेकाछन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?