नेपालगन्ज: हिटर ताप्दा ८ भारतीय पर्यटकको मृत्यु भएकोछ । भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका भारतीय २ परिवारका ८ सदस्यको मृत्यु भएको हो ।
उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकोछ । बिहान ८ बजेसम्म पनि उनीहरु नउठेपछि समूहकै अन्य सदस्यले ढोका ढकढक गर्दा पनि खोलिएन । त्यसपछि उनीहरुले ढोका फोडी हेर्दा उनीहरु अचेत अवस्थामा भेटिएको पाइएको थियो ।
लगत्तै काठमाडौँबाट हेलिकप्टर मगाएर उनीहरुलाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पतालमा लगिएको थियो । अचेत अवस्थामा भेटिएका ८ जनाको मृत्यु भइसकेको ह्याम्स अस्पताल श्रोतले बताएको छ ।
दामनको एभरेष्ट पानोरामा होटलमा मङ्गलबार राती ९ः३० बजे बास बस्न आइपुगेका १५ भारतीय पर्यटकले ४ वटा कोठा बुक गरेका थिए । जाडो बढेपछि भारतीय पर्यटकहरुले राति रेष्टुरेण्टमा प्रयोग हुने मसरुम ग्याँस हिटर आफ्नो कोठामा लगेका थिए ।
रेष्टुरेण्टका कामदारले लैजान नदिएपनि उनीहरुले बच्चालाई चिसो लाग्यो भनेर जबरजस्ती उक्त हिटर लिएर गएको बुझिएकोछ । त्यसपछि उनीहरु २ परिवारका सदस्यहरु एउटै कोठामा सुतेको पाइएकोछ । उनीहरुको नाम र ठेगाना खुलेको छैन ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?