कोहलपुर (बाँके): बलात्कार मुद्दाका फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । तीन वर्ष जेल सजाय सुनाईएका कोहलपुर नगरपालिका वडा नम्बर १३ का योगेश खत्रीलाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत तुल्सीपुर ईजलाश नेपालगन्जले गत बैशाख २५ गते बलात्कार मुद्दामा दोषी ठहराई खत्रीलाई तीन वर्ष जेल सजाय तोकेको थियो । अदालतको फैसलालगत्तै फरार भएका खत्रीलाई डेढ वर्षपछि उनकै घरबाट पक्राउ गरिएको हो ।
कोहलपुर नगरपालिका वडा नम्बर १३ खड्कवार बस्दै आएका ४१ वर्षीय खत्रीलाई मंगलवार बिहान पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । खत्रीलाई मंगलवारनै अदालत उपस्थित गराईएको ईलाका प्रहरी कार्यालयको मुद्दा फाँटका इञ्चार्ज प्रहरी निरीक्षक रणबहादुर विष्टले बताए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?